डाेल्पामा जीप चालककाे मनपरि

भेरी करिडोरकाे डाेल्पा-गाेतामकाेट सडकखण्डमा मापसे गरेर गाडी चलाउँछन् ड्राइभर,क्षमताभन्दा धेरै यात्रु

गाडी चालककाे हर्कत नेदेखेझै गर्छन् प्रहरी प्रशासन,बड्याे दुर्घटनाको जाेखिम

रामचन्द्र न्याैपाने,
डाेल्पा|डाेल्पाकाे त्रिपुराकाेट देखि रुकुम पश्चिमकाे गाेतामकाेटसम्म चल्ने चालकहरुले माधक पदार्थ सेवन गरेर जीप चलाउने गरेकाे पाइएको छ ।
करिब ६० किलोमिटर सडकखण्डमा चल्ने चालकहरूले माधक पदार्थ,गाँजा चरेस लगाएतका लागुपदार्थ सेवन गरेर गाडी चलाउने गरेकाे पाइएको हाे ।
´त्रिपुराकाेटकाे कान्छीबजारबाट नेपालगन्जसम्मकाे यात्रामा थियाैँ,रुकुम पश्चिमकाे त्रिवेणी बजार पुगेपछि चालकले खानाखान राेके,त्यसपछि आफू सिधै एकघन्टा पछि रक्सीको नसामा झ्याप भएर आए´ यात्रु मनाेज बुढाले भने ।
`म लगायत अन्य यात्रुले गाडी चलाउँदा नसा प्रयाेग गर्नुहुन्न नि भनेर सम्झाउन खाेज्या‌ै तर उल्टै उनले म गाडी चलाउन सुरु गरेदेखि नै कम्तिमा एक दुईवटा बियर खाएर चलाउँछु तपाइहरु झर्नेभए यहि झर्नुस भनेर हामीलाई हपारे।´
`त्यतिमात्र नभई मेरा कराेडका गाडी सम्पति छ,मलाई ट्राफिक प्रहरी कसैले पनि केही गर्न सक्दैन,तपाईहरुकाे भन्दा धेरै माया मेराे सम्पत्तिकाे छ भनेर समेत उल्टै थर्काए ।´
`चालक रक्सीले लठ्ठीएका थिए,ठुलिभेरीकाे तिरैतिर सडक थियाे,कहाँनेर पुगेर भेरीमा फाल्छन भन्ने डरले भगवान पुकार्दै यात्रा गरियाे´ बुढाले थपे ।
पाँच सिट क्षमताको बाेलेराे जीपमा दस जना मान्छे राखेकाे समेत बुढाले बताए ।
त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने खदाङ्ग रहेकाे प्रहरीले क्षमता भन्दा धेरै यात्रु राख्दा,नसाकाे तालमा गाडी चलाउँदा समेत नदेझै गर्ने गरेकाे यात्रुहरूको गुनासाे छ ।

त्यतिमात्र नभई गाडी चालककाे कागजपत्र समेत गाेप्य काेठामा लिएर चेक गर्ने गरेकाे यात्रुहरूले बताए । यस सडकखन्डमा चालकहरुले क्षमताभन्दा धेरै यात्रु राख्दा पनि प्रहरीले नदेखेझै गर्ने गरेकाे उनिहरुकाे भनाइ छ ।

दिउसै माधक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन थालेपछि दुर्घटनाको जाेखिम समेत बडेकाे छ ।

जाजरकोट डाेल्पा सडकमा हिँउदकाे समय हाेस वा बर्खाकाे समयमा हाेस् चालक र समितिकाे मनपरि चल्ने गर्दछ ।
क्षमताभन्दा धेरै यात्रु राख्ने मनपरि भाडादर उठाउने गर्दा समेत बिचबिचमा रहेका डाेल्पा र रुकुम पश्चिमका प्रहरी प्रशासनले कुनै प्रकारको कारबाही नगर्ने गरेकाे यात्रुहरूको गुनासाे छ ।
एक महिना अघिसम्म डाेल्पाबाट सिधै काठमाडौ नेपालगन्ज लगायतका शहरमा पुग्ने भएपनि अहिले दुई ठाउँमा गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।
यस अवधिमा डाेल्पा आवतजावत गर्ने यात्रुहरुले चालककाे कचकच,मनलाग्दि भाडा,ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने लगायतका विभिन्न भन्झट ब्यहाेर्नु परेकाे छ ।



तपाईको प्रतिक्रिया