डाेल्पामा एक्साभेटरले खसालेकाे ढुंगा लागेर पैदल यात्री घाइते

रामचन्द्र न्याैपाने,
डाेल्पा | डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका ४ रंगमा एक पैदल यात्री घाइते भएकाछन् ।
एक्साभेटरले भाैतिक पुर्वाधार कार्यालय डाेल्पाकाे बजेटबाट रंग गाउँ जाने बाटाे खन्ने क्रममा ढुङ्गा खसेर साेही गाउँका ३० बर्षिय अमरजीत बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय डाेल्पाका डिएसपी रुक बहादुुर खड्काले जानकारी दिए ।
एक्साभेटर बिपि कन्ट्रक्सनकाे रहेकाे र चालक सहित नियन्त्रणमा लिनकालागि प्रहरीकाे टाेली घटनास्थल तर्फ गएकाे डिएसपी खड्काले बताए ।
घाइते बुढाकाे टाउकाे,ढाड लगाएका शरिरका विभिन्न अंगमा चाेट लागेका छ भने जिल्ला अस्पताल डाेल्पामा उपचार भइरहेको छ ।

 



तपाईको प्रतिक्रिया