बिरामी

फाेत गाउँ खटिएका कर्मचारीमा स्वासप्रस्वास र नाकबाट रगत बग्ने समस्या

रामचन्द्र न्यौपाने,
डोल्पा । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा ६ मा पर्ने फोत गाउँ स्थित वडा कार्यालयमा ताेकिएकाे मतदान केन्द्रमा खटिएका दुईजना कर्मचारीलाई हेलिकप्टरबाट उद्वार गरिएको छ ।
बिहिवारहुने प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन गएका सहायक कर्मचारी गोर्ख बहादुर थापा र निर्वाचन प्रहरी कृष्ण झाक्रीकाे हेलिकप्टरबाट उद्वार गरेर सदरमुकाम ल्याइएको
निर्वाचन अधिकृत बिदुर कोइरालाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी टोपेन्द्र बुढामगरका अनुसार निर्वाचनमा खटिएका दुई जना कर्मचारी र तीन जना निर्वाचन प्रहरी गरेर पाँच जना बिरामी परेका हुन् ।
तीन जनाकाे अवस्था सामान्य भएकाले दुईजनामात्रकाे उद्वार गरि दुनै ल्याइएको बुढामगरले बताए ।
उद्वार गरेेर ल्याइएका दुबैकाे जिल्ला अस्पताल डाेल्पामा उपचार भइरहेको छ ।
हेलिकप्टरबाट मतदान केन्द्रमा पुगेका कर्मचारी मध्ये एक जना कर्मचारी र एकजना निर्वाचन प्रहरीलाई श्वासप्रस्वासमा समस्या आएको र बाँकीको नाकबाट रगत बग्ने समस्या देेखिएकाे थियाे।



तपाईको प्रतिक्रिया