रामचन्द्र न्यौपाने,
डोल्पा । डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद धनबहादुर बुढा मतदातालाई धन्यवाद दिन गाउँघरमा पुगेका छन् ।
निर्वाचित भएको भोलिपल्टै उनि आफुलाई मत हाल्ने मतदाताहरुलाई भेट्न ठुलिभेरी नगरपालिका ६ मा पर्ने काँडाताली पुगेका हुन् ।
यस पटकलाई डोल्पाबाट चौथो पटक निर्वाचित भएका बुढा जनता नै आफ्नालागि भगवान भएको भन्दै उनिहरुलाई भेटघाट गर्न गाउँमा पुगेको बताए ।
जिते लगत्तै गाउँघरमा पुगेका बुढालाई जनताले पनि फुलमाला,खादा,कोशेली बाजागाजा सहित स्वागत गर्दै बधाइ दिएका छन् ।
‘मैलै २०७० सालबाटै डोल्पाबाट चुवान लड्न सुरु गरेको हुँ । त्यतिबेला देखिनै म चुनावको सुरुमा र निर्वाचित भए लगत्तै काँडाताली गाउँ पुग्ने गरेको छु’ बुढाले भने ।
‘यो गाउँ धार्मिक हिसावमा पनि महत्वपुर्ण छ । मष्टा देवताको मन्दिर भएकाले त्यहाँ दर्शन गरेपछिमात्र मेरो चुनावी प्रचार–प्रचार अभियान सुरु हुन्छ । जितेपछि पनि सुरुमै यहि ठाउँबाट मतदातालाई भेट्ने कार्यक्रमको सुरु गर्छु ।’
‘यस पटकलाई चार पटक चुनाव जिते । चारै पटक चुनावको सुरु र जितेपछि पुग्ने गरेको छु । त्यहि भएर आफु आज यहाँ मतदाता भेट्न आएको हुँ । आजै ६ नं वडामा पर्ने माझफालका जनतालाई भेट्ने कार्यक्रम छ उनले थपे ।’
आफ्ना लागि काँडाताली गाउँ शुभ संकेत दिने ठाउँ भएको समेत उनले बताए ।
सुरुवात गरिसकेकाले समय मिलाएर मतदाता भेट्न जिल्लाका आठवटै पालिकामा पुग्ने उनको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लडेका उनले ६ हजार ८ सय २ मत ल्याएर बिजय भएका थिए ।





नेपाल ईन्फम । २०८२ फाल्गुन २५ गते सोमवार