रामचन्द्र न्याैपाने,
डाेल्पा १३ असाेज : नेपालकै प्रशिद्व शक्तिपिठ मध्येकाे एक श्री वाला त्रिपुरासुन्दरी मन्दिरमा रङ् राेगन गरिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने यस मन्दिरमा यस बर्षकाे बडा दँशैलाइ मध्येनजर राख्दै छिमेकी स्थानीय तह ठुलिभेरी नगरपालिकाकाे चार लाख सहयोगमा रङ् राेगन गरिएको हाे ।
प्रत्येक बर्ष नियमित रुपमा गरिँदै आएकाे मन्दिर रङ् राेबनमा यस बर्ष नगर प्रमुख सुवर्ण बुढाकाे पहलबाट आएकाे चार लाख रकमबाट मन्दिर रङ् राेगनकार्य सम्पन्न गरिएको अक्षयकोष विकास समितिका सचिव टिकादत्त न्याैपानेले जानकारी दिए ।
नजिककाे सरकारकाे रुपमा रहेकाे त्रिपुरासुन्दरी नगरपालिकाले यस बर्ष मन्दिरकाे रङ् राेगनमा कुनै सहयोग नगरेपछि ठुलिभेरी नगरपालिकालाई अनुराेध गरिएको उनकाे भनाइ छ ।
मन्दिर भनेकाे सार्वजनिक सम्पति भएकाले यसकाे प्रचारप्रसार विकास र संरक्षणका निम्ति स्थानीय सरकार लाग्नुपर्ने पुजारीहरुकाे भनाइ छ ।
हिन्दु धर्मावलम्बीहरुकाे आस्थाकाे केन्द्रकाे रुपमा रहेकाे मन्दिरमा पवित्र कार्यकालागि सहयोग गरेकाेमा समितिले ठुलिभेरी नगरपालिकालाई धन्यवाद समेत दिएको छ ।
रङ् राेगन पछि मन्दिर चिटिक्क देखिएको छ ।
दैनिक बिहान बेलुकी नित्य पुजा हुने गरेकाे यस मन्दिरमा प्रत्येक छ-छ महिनामा नवरात्रकाे विशेष पुजाआजा हुने गरेकाे पुजारी कृष्णचन्द्र पान्डेले जानकारी दिए ।
यस बर्षकाे बडा दशैकाे विशेष पुजा घटस्थापना देखि सुरु भई दशमीमा सकिने पुजारी पान्डेकाे भनाइ छ ।
मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित यस मन्दिरकाे दर्शन गर्नाले सम्पूर्ण मनाेकाङ्क्षा पुराहुने विश्वास रहि आएको छ





नेपाल ईन्फम । २०८१ असोज १३ गते आइतवार