काठमाडौं । काठमाडौं महानगरपालिकाले सुमेरु बचत तथा ऋण सहकारी संस्था कालिमाटीमा स्थलगत अनुगमन गरेको छ ।
मंगलबार अनुगमनमा गएको महानगर टोलीले सहकारी संस्थाको पैसा राख्ने भल्टमा कागजपत्र फेला पारेको स्रोतले जनाएको छ ।
‘संस्थाको भल्टमा महत्त्वपूर्ण कागजपत्र फेला पर्यो, त्यसको फोटोकपी गरेर ल्याएका छौं,’ महानगर स्रोतले भन्यो, ‘महानगरको अनुगमन टोलीले बुधबार पनि सोही संस्थामा अनुगमनलाई निरन्तरता दिन्छ । अनुगमनमा फेला परेको विवरणको विश्लेषणपछि वास्तविक अवस्था बाहिर ल्याउँछौं ।’
संस्थाको करिब ३ अर्बको बचत दायित्व रहेको देखिएको स्रोतले जनाएको छ । जसमध्ये करिब ८/९ करोड मात्रै कर्जा लगानी गरेको देखिएको छ ।
संस्थाले संकलन गरेको अन्य निक्षेप भने पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थामा ‘ट्रान्सफर’ भएको देखिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
सहकारी संस्थाको नाममा रजिस्ट्रेसन पास हुनुपर्ने जग्गा संस्था व्यवस्थापकले आफ्नो नाममा गरेको देखिएको स्रोतले बतायो ।





नेपाल ईन्फम । २०८० चैत्र २८ गते बुधवार