जहाँबाट गुमाइरहेको छ राज्यले अर्बौं राजस्व

काठमाडौं । १४ खर्ब २२ अर्ब राजस्व संकलनको महत्त्वाकांक्षी लक्ष्य राखेको सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना बितिसक्दा लक्ष्यको ६० प्रतिशत पनि उठाउन सकेको छैन ।

महालेखा नियन्त्रकको कार्यालयको आइतबारसम्मको आँकडा अनुसार सरकारले यस वर्ष ८ खर्ब ४२ अर्ब रुपैयाँमात्र राजस्व उठाउन सकेको छ ।

सरकारले राजस्वका स्रोतमध्ये शिक्षा सेवा शुल्कबाहेक कुनै पनि क्षेत्रमा लक्ष्य भेट्न सकेको छैन । सरकारलाई सबैभन्दा धेरै राजस्व संकलन गरेर दिने शीर्षकमध्ये आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र भन्सार महसुल नै लक्ष्यभन्दा कम उठिरहेको छ ।

विनियोजनका बेला यथार्थ अनुमान गर्न नसक्नुमात्र होइन, सम्भावित क्षेत्र पहिचान र त्यसलाई करको दायराभित्र समेट्न नसक्दा समेत सरकारले हरेक वर्ष ठूलो आम्दानीको स्रोत गुमाइरहेको देखिन्छ ।



तपाईको प्रतिक्रिया