त्रिपुरासुन्दरीबाटै धमाधम राष्ट्रिय परिचय पत्र वितरण 

रामचन्द्र न्यौपाने,
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटबाटै धमाधम राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको छ ।
घर आागनबाटै सेवा दिने उदेश्यले नगरपालिकाको केन्द्रबाटै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको दश दिनमै ४ सय ५२ जनाले सेवा लिएकाहुन् ।
सामाजिक सुरक्षा भत्ता,बैंक खाता खोल्न लगायतका सेवा लिन राष्ट्रिय परिचय अनिवार्य गरेपछि जनतालाई सहज बनाउन घुम्ती टोली नै ल्याएर नगरपालिकाबाटै राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था मिलाइएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।
त्रिपुराकोटबासीलाई अब राष्ट्रिय परिचय बनाउन समय र पैसा खर्च गरेर सदरमुकामनै धाउनु पर्ने अवस्था नरहेको नगरपालिकाको भनाइ छ ।
उक्त घुम्ती टोलीले छ महिनासम्म यतै बसेर सेवा दिने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्टेसन नै खडा गरेर भइरहको राष्ट्रिय परिचय पत्र वितरणमा संलग्न कर्मचारीलाई नगरपालिकाले नै खानेबस्ने सुविधा मिलाएको छ ।
यस अघि नै जिल्लाको तल्लो भेगमा पर्ने मुड्केचुला गाउापालिका र जगदुल्ला गाउापालिकामा राष्ट्रिय परिचय पत्र वितरणकार्य सकिसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
नेपाल टेलिकमको इन्टरनेट सेवाको सेवा विस्तार नहुादा उपल्लो डोल्पाका तीनवटा पालिकामा राष्ट्रिय परिचय पत्र वितरणगर्न समस्या भएको उनको भनाइ छ ।



तपाईको प्रतिक्रिया