प्राइम टेलिभिजन विरुद्ध सांसद बुढाले गरेगाली–बेइज्जती मुद्दा दायर

रामचन्द्र न्याैपाने,
डोल्पा । डाेल्पाबाट नव निर्वाचित सांसद धनबहादुर बुढा ले राष्ट्रिय टेलिभिजन प्राइम टेलिभिजन विरुद्ध गाली–बेइज्जती मुद्दा दायर गरेका छन्।
जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दामा सांसद बुढाले उक्त टेलिभिजनबाट केही दिन अघि प्राेमाे बनाएर प्रसारित सामग्रीले आफ्नो मान–प्रतिष्ठामा आँच पुगेको बताइएको छ ।
सांसद बुढाले उक्त टेलिभिजनमार्फत प्रसारित सामग्रीमा आफूमाथि तथ्यहीन तथा अप्रमाणित आरोप लगाइएको, चरित्रहत्या गर्ने उद्देश्यले सार्वजनिक रूपमा गाली–गलौज र अपमानजनक शब्द प्रयोग गरिएको उल्लेख गरेका छन्।
उनले यस्तो सामग्रीले आफू मात्र नभई सार्वजनिक पदको मर्यादामा समेत असर परेको जिकिर गरेका छन्।
केही दिन अघि उक्त टेलिभिजनबाट प्रसारित भिडियो प्राेमाेमा बुढाकाे निर्माण कम्पनी हिमाली निर्माण सेवा मार्फत सञ्चालित ठेक्कामा काम गरेकाे दुई कराेड भुक्तानी नदिएर ठगी गरेकाे,पैसा माग्दा कुटपिट गरेकाे लगायतका आराेप लगाइएकाे छ ।
प्रतिवादीका रूपमा प्राइम टाइम्स टेलिभिजनलाई उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया