रामचन्द्र न्यौपाने,
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा जनप्रतिनिधि बिचको बिवादले उग्ररुप लिएको छ ।
सोमबार बेलुकी नगरपालिकाको कान्छि बजारमा भएको वडा नं ९ का अध्यक्ष राज बहादुर बुढा र नगर उप–प्रमुख देवी घर्ती बिचको बिवादले उग्ररुप लिएको हो ।
नगर उप–प्रमुख घर्ती नेकपा एमालेबाट निर्वाचित हुन् भने वडाध्यक्ष बुढा माओवादीबाट निर्वाचित वडाध्यक्ष हुन् । यस बिषयलाई दुबै पक्षले राजनितिक रुपमा जोडेको बताइन्छ ।
यस बिषयमा बिवाद समाधान गर्न दुबै पक्षका नेता र जनप्रतिनिधि जुटेपनि समहमती जुट्न सकेको छैन् ।
के हो घटना ?
सोमबार बिहान बजेट बनाउने बिषयमा नगर प्रमुख जनचन्द्र रोकाय र नगर उप–प्रमुख घर्ती बिच सामान्य भनाभन् पर्यो ।
समावेशी क्षेत्रमा बजेट बनाउने बिषयमा नगर प्रमुख र उप–प्रमुख बिच सामान्य भनाभन परेको नगरपालिका स्रोतले जनाएको छ । यस लगत्तै उप प्रमुख घर्ती बाहिर निस्केको बताइन्छ ।
घर जानको लागि कान्छि बजार पुग्नु अघि वडाध्यक्ष बुढा आफन्त र वडाबासी सहित घर जान गाडीमा बसेका थिए ।
उप–प्रमुख घर्ती पुग्ने बित्तिकै जीप चालकले तपाइहरु बाहिर निस्कनुस उप–मेयरलाई लिएर जानुपर्ने भयो भनेपछि वडाध्यक्ष बुढा र उप–प्रमुख घर्ती बिच भनाभन सुरु भएको थियो ।
त्यसपछि उप–प्रमुखले माधक पदार्थ सेवन गरेको भन्दै मोवाइलमा फोटो खिच्न लागेपछि वडाध्यक्षले फोटो किन खिचेको भन्दै मोवाइल खोसेपछि दुबै पक्ष बिच बिवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।
पछि उप प्रमुख घर्तीले आफुमाथि अभद्र ब्यवहार गरेको भन्दै प्रहरीलाई खबर गरेपछि तुरुन्त घरतर्फ हिँडेका वडाध्यक्ष बुढालाई फर्काएर जिल्ला प्रहरी कार्यालय डोल्पामा पु¥याएको थियो ।
सोमबार नै उप–प्रमुख घर्तीले आफुमाथि अभन्द्र ब्यवहार गरेको भन्दै उजुरी दिइन् । त्यस लगत्तै प्रहरी वडाध्यक्ष बुढालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।
उनलाई अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले पन्ध्र दिन म्याद थपि दिएको छ ।
वडाध्यक्ष बुढा बिरुद्ध अभद्र ब्यवहारको मुद्धा दर्ता भइसकेकाले हिरासतमा राखेर अनुसन्धान सुरु भइरहेको प्रहरी नायव उपरीक्षक रुक बहादुर खड्काले बताए ।
उननि भन्छन् ‘पन्ध्र दिन म्याद थप भएपनि अनुसन्धान पक्रिया अगाडी सकिन पनि सक्छ,अनुसन्धान सकिएपछि प्राप्त रिर्पोट जिल्ला प्रशासन कार्यलाई बुझाइने भएकाले निर्णय प्रशासनले नै गर्छ ।’
यो मुद्धा अदालमा जाने प्रकृतिको नभएकाले के हुन्छ भन्ने कुरा अनुसन्धान पछिमात्र थाहा हुने उनको भनाइ छ ।
यता प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार मुद्धाका बिषमया प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान सकिएमा म्याद तोकिएको पन्ध्र दिन अघि पनि मुद्धा टुंगिन सक्ने बताए ।
प्रहरीबाट माग भए बमोझिम मुद्धाको म्याद पन्ध्र दिन थपिएको उनको भनाइ छ ।
बजेट सभामा भाग नलिने काँङ्ग्रेस माओवादीका जनप्रतिनिधिको अडान
प्रहरी हिरासतमा रहेका वडाध्यक्ष बुढा हिरासतमुक्त नभएसम्म काँङ्ग्रेस र माओवादीका जनप्रतिनिधिद्धारा बजेट सभामा भाग नलिने घोषणा गरेकाछन् ।
मंगलबार नगर प्रमुख रोकायलाई ध्यानकर्षण पत्र बुझाउँदै माओवादीका छ र काँङ्ग्रेसका १ गरेर सात जना वडाध्यक्षले हस्तारक्षर गरेर बजेट सभामा भाग नलिने घोषणा गरेकाहुन् ।
नगरपालिकाकैमा टुंग्याउनु पर्ने सामान्य भनाभनलाई गल्तीको माफि माग्दा समेत नमानी हिरासतमा पु¥याइएकाले अब नगरपालिकाले गर्ने बजेट सम्बन्धि कुनै पनि सभामा नेपाली काँङ्ग्रेस र माओवादीका गरेर ३२ जना सभा सदस्यले भाग नलिने वडा नं ४ का अध्यक्ष रञ्जित बुढाले बताए ।
यता नेपाली काँङ्ग्रेसबाट निर्वाचित वडा नं ११ का वडाध्यक्ष चन्द्ररुपमा डसासलले सामान्य भनाभनको बिषयलाई ठुलो बनाइएको बताए ।
उनि भन्छन् ‘गल्ती गरे होलान तर,माफि माग्दा समेत माफि नदिनु उचित होइन्,एक जना जनप्रतिनिधि हिरासतमा हुँदा अरु जनप्रतिनिधिले कसरी सभामा भाग लिन सक्छन्,त्यसैले वडाध्यक्ष बुढा हिरासतमुक्त नभएसम्म बजेट सभामा काँङ्ग्रेसका कुनैपनि प्रतिनिधिले भाग लिँदैनन् ।’
नगरपालिकाले ल्यायो बजेट
नगर उप प्रमुख र वडाध्यक्ष बिचको बिवादका बिच पनि त्रिपुरासुन्दरी नगरपालिकाले मंगलबार दिउसो ५२ करोड ३८ लाख ३० हजार ३ सय ७४ रकम बराबारको बजेट ल्याएको छ ।
संविधान अनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने कानुनी प्रावधान भएकाले आजै बजेट ल्याइएको नगर प्रमुख जनचन्द्र रोकायले बताए ।
नगरपालिकाकै जनप्रतिनिधि बिचको बिवादलाई समाधान गरेर बजेटलाई पुर्णता दिन निरन्तर छलफल भइरहेकाले भोली भित्रै नगर प्रमुख घर्तीले जाहेरी फिर्ता लिने र हिरासतमा रहेका वडाध्यक्ष बुढा फर्किने नगर प्रमुख रोकायले स्पष्ट पारे ।
यस बिषयमा नेकपा एमाले पार्टी र स्वयमं जाहेरी कर्ता घर्ती पनि सकारात्मक भइसकेको उनको भनाइ छ ।
वडाध्यक्ष बुढा हिरासतमुक्त हुने बित्तिकै बजेटको दफावार छलफलमा जाने उनले बताए ।





नेपाल ईन्फम । २०८२ असार १० गते मङ्गलवार