रामचन्द्र न्याैपाने,
डोल्पा । डोल्पामा पहिलो पटक लागु भएको साना किसान कृषि सहकारी संस्थामा आवद्ध हुने कृषकहरु बड्न थालेका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा एक बर्ष अघि लागु भएको सहकारीमा समुह मार्फत कृषहरु जोडिन थालेकाहुन् ।
हाल डोल्पामामात्रै सात सय जना किसानहरु साना किसान सहकारी संस्थामा जोडिएको बताइएको छ ।
‘त्रिपुरासुन्दरी नगरपालिकामामा मात्रै ७५ समुह निर्माण गरेर चारसय जना समुह सहकारीमा जोडिएकाछन्, ठुलिभेरी नगरपालिकामा ६६ वटा समुह निर्माण गरि तीनसय जना कृषक जोडिएकाछन्’ जिल्ला कार्यक्रम संयोजक गंगा प्रसाद पंगालीले भने ।
उनि भन्छन् ‘यो नेपाल सरकार सँग जोडिएको कार्यक्रम हो,अन्य जिल्लामा कार्यक्रम लागु भएको बर्षौ बित्दा डोल्पामा ३८ बर्ष पछि लागु भएको हो,संस्थाको प्रमुख उदेश्य किसानलाई आर्थिक उपाजर्नमा आत्मनिर्भर बनाउन विभिन्न शिर्षकमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने हो ।’
दुई वटा नगरपालिकाका विकट बस्तीहरुमा समुह निर्माण गरि बचत उठाउन थालिएको र अब छिट्टै साना किसान बैंकको रुपमा परिणत गरि सहुलियत पुर्ण कर्जा प्रवाह गर्ने उदेश्य रहेको सहकारीले जनाएको छ ।
‘डोल्पामा स्थापित पुराना सहकारीले जनताको बचत डुबाएका रहेछन्, जसले गर्दा सहकारी जनताको नकारात्मक धारणा छ,यससँगै सहकारीको महत्वको बिषयमा जनचेतना पनि कम पाइयो’ सञ्चालक समितिका उपाध्यक्ष ज्ञान बहादुर बुढाले भने ।
‘आगामि दिनमा यस प्रकारको धारणालाई बदल्दै गएमा साना किसान सहकारीमा उल्लेख्यमात्रामा सदस्यहरु बड्ने देखिन्छ ।’
जनतामात्र नभई स्यमं जनप्रतिनिधि नै सहकारीप्रति अनविज्ञ जस्तै बन्दा थप बिस्तारमा समस्या भएको उनको भनाइ छ ।

देशका कतिपय जिल्लामा वडा र नगरपालिकाले नै कृषकहरुलाई साना किसान सहकारी सँग जोडन् बजेट बिनियोजन गरेपनि डोल्पामा त्यो सहयोग नपाइएको भन्दै उनले गुनासो गरे ।
बिस २०३२ सालमा स्थापना भएको साना किसान कृषि सहकारी अर्ध सरकारी संस्था हो ।
सहकारी लागु भएर बैंकमा परिणत भएका शाखाहरुमा यसले मासु,दुध,ब्यापार,उत्पादन लगाएतका क्षेत्रमा न्युन ब्याजदरमा आफ्ना सदस्याहरुलाई कर्जा उलब्ध गराउँदै आएको छ ।





नेपाल ईन्फम । २०८२ जेष्ठ ८ गते बुधवार