रामचन्द्र न्याैपाने,
डाेल्पा ३ श्रावण : ठुलिभेरी नगरपालिका जाेड्ने मुख्य सडकका विभित्र भागमा सुधार गरिएको छ ।
बर्षातमा पानी जम्मा भएर माेटरसाइकल,जीप लगायतका सवारीसाधन आवत जावत गर्न समस्या भएको गुनासाे आएपछि पानीयुक्त खाल्डा खुल्डी पुरिएकाे हाे ।
नगरपालिका अन्तर्गत माेतिपुर आसपासकाे सडकमा पानी र हिलाेले आवतजावतमा समस्या भएकाे गुनासो आउने बित्तिकै नगरप्रमुख सुवर्ण बुढाले तुुरन्तै एक्साभेटर पठाएर सडक सुधार गर्न लगाएकाछन् ।
सडक सुधार भएसँगै बटुवा र सवारीसाधन आउजाउ गर्न सहज भएको छ ।





नेपाल ईन्फम । २०८१ साउन ३ गते बिहिवार