संघीय शहरी बिकास मन्त्री बुढा द्वारा उद्घाटन हुनु पुर्व चितवनकाे साैराहा सभा हल निरीक्षण

 संघीय सरकारका शहरी विकास मन्त्री धन बहादुर बुढाले चितवनको पर्यटकीय नगरी सौराहामा बनेको एक हज़ार सिट क्षमताको सौराहा सभा हलको  स्थलगत अनुगमन गरेका छन । निर्माणकार्य सम्पन्न भएपछि  मन्त्री बढा चितवन पुगेर साैराहा सभा हलकाे अवस्था बारे अनुगमन गरेर जानकारी लिएका हुन।

बि.सं. २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको र निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि २०७९ साल वैशाख २१ गते म्याद थप गरेपछि अहिले   निर्माण सम्पन्न भएको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको आयोजना प्रमुख झपट बहादुर थापाले बताए ।

निर्माणकार्य सम्पन्न भएर समुद्धघाटनको पुर्व तयारीमा रहेकोले माननीय मन्त्री ज्यु र सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको  टिमले निरिक्षण गरेको आयोजनाका इन्जिनियर द्रोण कटुवालले बताए  ।



तपाईको प्रतिक्रिया