डाेल्पामा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमका साथ सम्पन्न

रामचन्द्र न्याैपाने,

डाेल्पा । डाेल्पा जिल्लामा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमका साथ सम्पन्न भएकाे छ।
जिल्लाकाेे ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हाे ।


प्रविधिको सहि प्रयाेग गराैं : लैंङ्गिक हिंसाको अन्त्य गराै” भन्ने मुल नाराकाे साथ यहीँ मंसिर ९ गते देखि सुरु भएकाे  अभियान दुईवटै पालिकाका सम्पूर्ण वडाहरुमा  विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै सम्पन्न गरिएको हाे ।

साे अभियान अन्तर्गत ठुलिभेरीका सम्पूर्ण वडाभित्र पर्ने समुदाय तथा सामुदायिक विद्यालयहरुमा विभिन्न कार्यक्रम संचालन गरिएको ठुलिभेरी नगरपालिका न्यायिक समितिमा कार्यरत कर्मचारी गिता महतले जानकारी दिइन् ।

उनका अनुसार ठुलीभेरी नगरपालिका न्यायिक समिति कार्यालय दुनैकाे आयाेजनामा,सामाजिक विकास कार्यालय डाेल्पा, SUSWA, युराेपियन युनियन,  BMZ, प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल लगाएतकाे सहजीकरणमा सदरमुकाम दुनै स्थित एक औपचारिक कार्यक्रम गरि लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे समापन गरिएको छ।

अन्तर पार्टी महिला संजाल डाेल्पाकी अध्यक्ष माया ठकुल्ला, ठुलीभेरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेजेन्द्र बहादुर राेकाया, नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा, संविधान सभा सदस्य दूध कुमारी हमाल, जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया लगाएतका सहभागीहरुले शुभकामना व्यक्त गर्दै महिला हिंसा अन्त्य गर्न व्यवहारमा लागू गर्नु पर्नेमा जाेड दिएका थिए ।
कार्यक्रमकाे अवसरमा बुधबार सदरमुकाम दुनै बजारमा र्याली गरिएको थियाे भने दिउँसो सरस्वती माध्यमिक विधालय दुनैमा बालबालिका बिच बक्तित्व कला प्रतियोगिता र जनचेतनामूलक नाटक लगाएत विभिन्न कार्यक्रम संचालन गरिएको थियाे।


यस्तै डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका र जगदुल्ला गाउँपालिकामा पनि विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।



तपाईको प्रतिक्रिया