उपप्रधानमन्त्री लामिछानेपछि सहकारी ठगीमा जोडिए सिँचाइ मन्त्री बस्नेत र श्रममन्त्री अर्याल

काठमाडौँ । सहकारी ठगीमा प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संसदीय चेपुवामा परिरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्याल पनि मुछिएका छन् ।

देशभरका विभिन्न सहकारीहरू समस्याग्रस्त पारेर फरार गीतेन्द्रबाबु (जीबी) राई नेतृत्वको एक सहकारी ठगीमा उनीहरूको नाम पनि मुछिएको हो ।

बस्नेत नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन् भने अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन् । उसो त रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि यो प्रकरणमा जोडिएको पाइएको छ ।

उनीहरू जोडिएको हाम्रो नयाँ कृषि सहकारी संस्थाको अध्यक्ष राई हुन् ।  संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ । निक्षेपकर्ताको चार करोड रकम फिर्ता नगरेपछि सहकारी विभागको सिफारिसमा गत माघ १२ गते सरकारले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

 यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरिरहेको छ । सहकारी विभागको पत्रका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो ।



तपाईको प्रतिक्रिया