नेपाल ईन्फर्म संवाददाता,
डोल्पा । डोल्पामा लागुऔषध कारोबारमा यातायात ब्यवसायमा लागेका व्यक्तिनै संलग्न रहेको पाइएको छ ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर लगायतका लागुऔषध कारोबारमा यातायात ब्यवसायीनै संलग्न रहेको पाइएको डोल्पा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
१ मंसिरमा १६ पुरिया ब्राउन सुगर सहित त्रिपुरासुन्दरी नगरपालिका १ स्थित बगर बजारबाट छ जनालाई पक्राउ गरेको छ ।
अहिले उक्त घटनाको बिस्तृतमा प्रहरीले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘जिल्लामै पहिलो पटक ब्राउन सुगर सहित यति धेरै व्यक्तिहरु पक्राउ गरेको पहिलो घटना हो । पक्राउ परेका ब्यक्तिहरु प्रयोगकर्ताको रुपमा रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यससँगै ओसार पसारमा यातायात ब्यवसायमा संलग्न व्यक्तिनै लागेको पाइएको छ ।’ जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी रुकबहादुर खड्काले भने ।
‘यि ब्यक्तिलाई पनि प्रहरीले लामो अनुसन्धान पछि विशेष सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । म आफै पनि यो घटनामा सुरु देखिनै लागेको छु । जिल्लामै पहिलो भएकाले भविश्यमा यस प्रकारको जालो थप नबडोस भनेर प्रहरीले बिस्ृततमा अनुसन्धान गरिरहेको छ ।’
‘प्रारम्भिक चरणको अनुसन्धान हेर्दा ब्राउनसुगर लगायतको लागुऔषध नेपालगञ्ज सुर्खेत हुँदै डोल्पा पुग्ने गरेको देखिन्छ । प्रहरीले पक्राउ गरेका व्यक्तिहरु सुरुसुरुका प्रयोगकर्तामात्र भएको पाइन्छ ’ डिएसपी खड्काले थपे ।
उक्त घटनामा थप व्यक्तिहरु समेत पक्राउ पर्ने सम्भाबना देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुमा पनि दुई प्रकारको मुद्धा चलाइने प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धान छिटोभन्दा छिटो सक्ने गरि काम गरिरहेको समेत प्रहरीको भनाइ छ ।
यसै पनि ब्राउनसुगर आपुर्ती र प्रयोगकर्ता घटनामा संलग्न दोषीलाई धेरै सजायहुने भएकाले पुनः सात दिनको म्याद थपेर अनुसन्धानलाई तिब्रता दिइएको बताइएको छ ।
सो घटनामा प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका १ का बस्ने बर्ष १८ का मोहन सार्की,सोही ठेगानाका बर्ष २२ का रबिन्द्र सार्की,ठुलिभेरी नगरपालिका ३ बस्ने बर्ष ३२ का अपार गुरुङ्ग,सोही नगरपालिका १ बस्ने बर्ष २३ का राजेशराज रोकाय रहेकाछन् ।
त्यसै गरि सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका १ बस्ने बर्ष २६ का हरि बिक र रुकुम पश्चिम आठबिसकोट नगरपालिका ७ बस्ने बर्ष १८ का तिलक बिक रहेको प्रहरीले जनाएका छ ।
प्रक्राउ परेका व्यक्तिहरुमा चार जना डोल्पाका रहेकाछन् भने दुई जना जिल्ला बाहिरका रहेकाछन् ।





नेपाल ईन्फम । २०८२ मङ्सिर १० गते मङ्गलवार