सेनाद्वारा पन्ध्र किलोमिटर दुर्गम बाटोमा लगातार नाै घण्टा बाेकेर बिरामी उद्वार

डाेेल्पा । हिमाली जिल्ला डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ छेप्कामा भर्‍याङबाट लडेर घाइते भएका गेम स्काउटलाई नेपाली सेनाले करिब नाै घण्टा पैदल बाेकेर उद्धार गरेको छ ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, सुलिगार्डमा कार्यरत ५५ बर्षिय गेम स्काउट छोइमल लामा लडेर घाइते भएपछि संग्राम शार्दुल गुल्म सुलिगार्डबाट खटिएको सेनाकाे टाेलीले पन्ध्र किलोमिटर बाटाेमा लगातार नाै घण्टा पैदल स्ट्रेचरमा बाेकेर सदरमुकाम दुनै स्थित जिल्ला अस्पतालमा पुर्‍याएकाे हाे ।


भर्‍याङबाट खस्दा लामाको ढाड तथा खुट्टामा चोट लागेको छ । घाइते लामालाई उद्वारकालागि खबर भएपछि सेनाको टोलीले उद्धार गरेको सेनाले जनाएको छ ।
घाइते लामालाई स्ट्रेचरमा बोकेर अत्यन्तै कठिन भौगोलिक क्षेत्र हुँदै करिब नाै घण्टा पैदल यात्रा गरी जिल्ला अस्पताल दुनै पुर्‍याएपछि अहिले उपचार भइरहेको बताइएको छ ।


डाेल्पामा दुर्गम भूगोल भएका कारण तत्काल यातायातको साधन पुग्न नसक्ने अवस्थामा सेनाले विभिन्न असहज परिस्थितिमा नागरिकको उद्वारकार्य गर्दै आएको छ ।



तपाईको प्रतिक्रिया