काठमान्डाै|ठुलि छाेरी करुणा शाहीकाे दिक्षान्त समारोहमा सहभागी हुन संयुक्त अधिराज्य बेलायत पुगेका पुर्व सामाजिक विकास मन्त्री तथा वर्तमान कर्णाली प्रदेश सभा सदस्य बिरबहादुर शाही पार्टीका शुभेच्छुक संगठनले आयाेजना गरेका कार्यक्रममा सहभागी भएकाछन् ।
नेपाली समय अनुसार आइतबार नेकपा माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च बेलायतले आयाेजना गरेकाे कार्यक्रममा पुर्व मन्त्री शाही सहभागी भए ।
मञ्चका उपाध्यक्ष हरि पाैडेलले स्वागत गर्दै विभिन्न राजनीतिक एवम् पार्टीगत बिषयमा छलफल गरेकाे मन्त्री शाहीले बताए ।
त्यतिमात्र नभई पार्टी सुदृढीकरण र नेपालमाे विकासमा मञ्चले गर्नसक्ने याेगदानकाे बिषयमा समेत कुरा भएको उनले बताए ।
कार्यक्रमकाे समन्वय भने संयाेजक विमला लिम्बूले गरेकी थिइन ।
पुर्व मन्त्री शाहीले बेलायतकाे ग्रिनविच नगरपालिकाका मेयर जित रानासँग समेत भेटघाट गरेकाछन् ।नेपाली मुलका मेयर रानाले शाहीलाई भव्य स्वागत गरेका थिए ।
भेटघाटका क्रममा नेपालका स्थानीय तह र बेलायतका स्थानीय तहबिच विकासमा समन्वय गरेर अघि बड्ने कुरामा छलफल भएको समेत बताइएको छ ।
बेलायतमा बस्ने नेपाली समुदायका मान्छेलाई आइपर्ने समस्या सक्दाे सहयोग गर्न मेयर राना सँग आग्रह गरेकाे शाहीकाे भनाइ छ ।
छाेरी करुणाले बेलायतको युनिभर्सिटी अफ लन्डनबाट बीएससी कम्युटर साइन्समा फस्ट डिभिजनमा पास गरेपछि आफू कलेजले आयाेजना गरेकाे दिक्षान्त समारोहमा उपस्थित हुने पुगेकाे बताए ।

















नेपाल ईन्फम । २०८१ असोज ६ गते आइतवार